सामाजिक सहकार्यको वातावरण बनाउनुपर्छ: देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व मन्त्री देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

उक्त पार्टीको बेनी नगर कमिटीले दसैँ तिहारलगायत चाडपर्वको अवसरमा आज बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने तत्वप्रति सचेत रहनुपर्ने बताए ।

“मिलेर बसेको समाजमा सामाजिक सञ्जाल दुरुपयोग गरेर धार्मिक र सामाजिक सद्भाव खलबल्याउने गतिविधिप्रति हामी सबै सचेत हुनुपर्छ,” नेता पौडेलले भने “सद्भाव खलबलाउने, व्यवस्थाप्रति भ्रम पैदा गराउने र देशलाई अधोगतितर्फ लैजाने गतिबिधिलाई निरुत्साहित गर्न धार्मिक सद्भाव र सामाजिक सहकार्य हुनुपर्छ ।”

सेवाप्रवाह र विकासका विषयमा नागरिकले उठाउने प्रश्नलाई राजनीतिज्ञ र प्रशासकले सचेतरूपमा लिनुपर्ने बताउँदै उहाँले अहिलेको व्यवस्थाबाट पछि फर्कने अवस्था नरहेको स्पष्ट पारे । नेता पौडेलले भने, “राज्यप्रति विश्वास दिलाउन सबै सरकारी निकाय पारदर्शी, निष्पक्ष र जनताप्रति केन्द्रित हुनुपर्छ ।”

सोही पार्टीका जिल्ला ईञ्चार्ज गुप्तबहादुर हमालले चाडपर्वलाई धार्मिक सद्भाव र सहकार्य गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर