गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाण्डौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

छातीमा समस्या देखिएपछि श्रेष्ठलाई बेइजिङमा रहेको पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको गरिएको थियो । उनको छातीमा स्टेन्ट राखिएको छ । श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार अहिले अवस्था खतरामुक्त रहेको छ ।

श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर