गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा

काठमाण्डौ । प्यालेस्टिनको गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा गरेको हो । यस्तै मन्त्रालयले मङ्गलवार राति गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

मन्त्रालयले विवादको समाधान शान्तिपूर्ण र वार्ताबाट गर्न आग्रह गर्दै भनेको छ, ‘हामी नागरिकमाथि भएको आक्रमणबारे चिन्तित छौँ । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर