काबुलमा भएको पेट्रोल बम विस्फोटमा परी ४ जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा गराइएको पेट्रोल बम विस्फोटमा परी ४ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

काबुलका प्रहरी प्रवक्ता खालिद जदरानले बिहीबार साँज बजार क्षेत्रमा विस्फोट भएको जानकारी दिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विस्फोटको जिम्मा आईएसआईएसले लिएको छ ।

गत दुई सातायता सो क्षेत्रमा भएको यो दोस्रो विस्फोट हो । यसअघि पनि सो क्षेत्रमा एक पार्किङस्थलमा विस्फोट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय