प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो भएको भेटवार्तामा उनीहरूले द्विपक्षीय हित र राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा कुराकानी गरेका छन्।

भेटवार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रसंघका महासचिवसँग सौहार्दपूर्ण वातावरणमा विश्वासका साथ छलफल भएको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगे पनि टुंगिन बाँकी रहेको विषयमा कुरा भएको बताए। यसअघि गुटरेसले आइतबार नै उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरवारमै भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर