‘छायाँदेवी चेतनाथ गजल पुरस्कार’ प्रदीप रोदनको मफलर र वसन्त ओलीको बोईलाई

काठमाडौं । बहुलोकप्रिय गजलकारद्वय प्रदीप रोदन र वसन्त ओली ‘वसन्ती’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार प्राप्त गर्ने भएका छन्।

लामो समयदेखि नेपाली गजल क्षेत्रमा क्रियाशील एवम् युवा पुस्तामा रुचाइएका यी दुई गजलकारले आफ्नो पुस्तक ‘मफलर’ र ‘बोई’ मार्फत् उक्त पुरस्कार प्राप्त गर्ने भएका हुन्।

वसन्तीको ‘बोई’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार-२०७८ र रोदनको ‘मफलर’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार( २०७९ प्राप्त गर्ने भएको साहित्यकार एवम् उक्त पुरस्कारका प्रायोजक जे सागरले जानकारी दिए।

साहित्यकार जे सागरले आफ्ना मातापिताको नाममा करिब पाँच वर्षअघि स्थापना गरेको यो पुरस्कार हरेक वर्ष प्रकाशित गजल सङ्ग्रहहरूमध्ये उत्कृष्ट एउटा सङ्ग्रहलाई प्रदान गर्ने गरिएको छ। उक्त पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय