काठमाडौं। दुबईबाट तस्करी गरी ल्याइएको सुन विमानस्थलमै लुटपाट भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दुबईबाट तस्करी गरी ल्याइएको सुन लुटपाट लुटपाट भएको हो। प्रहरीका अनुसार सुन लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३० वर्षीय मनोज थापा, ३२ वर्षीय अर्जुन थापा र ३० वर्षीय शेखर भट्टराई रहेका छन्। सिनामंगलका नजिर अन्सारीसँग रहेको सुनका गरगहना तथा नगद लुटपाट गरी बा२ज २१८० नम्बरको ट्याक्सीमा लुटेर लगेको सूचना पाएपछि प्रहरीले खोजीकार्य गरेको थियो।
उनीहरूलाई सिनामंगलबाट पक्राउ गरेको हो।नजिर अन्सारीबाट लुटिएको सुन दुबईबाट ल्याइएको तस्करी सुन रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। तस्करी गरेर ल्याइए उक्त सुन गत आइतबार लुटिएको थियो। प्रहरीले २४ घन्टाभित्रै उक्त सुन लुटेराहरूलाई पक्राउ गरेको थियो।

