अपडेटः भूकम्पमा परि मृत्यु हुनेको संख्या १३८ पुग्यो, डेढ सय घाइते

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १३८ पुगेको छ । जाजरकोटमा मात्रै १०० जनाको मृत्यु भएको र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ।

रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले दुईचार घरमा उद्धार कार्य बाँकी रहेकाले मृतकको संख्या केही बढ्न सक्ने बताएका छन्। अहिलेसम्म मृत्यु भएका ३८ जनाको सनाखत भइसकेको पनि उनले बताए।

दुबै जिल्लामा गम्भीर र सामान्य गरी कम्तिमा डेढ सय जना घाइते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर