यसवर्षको भाइटीकाको उत्तम साइत २९ गते बिहान १० बजेर ५१ मिनेटमा

काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले आज सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएको छ ।

हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर