पोखराको लेक साइड अब चौबिसै घण्टा खुला रहने

काठमाडौं । पोखराको पर्यटकीय क्षेत्र लेक साइड अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधवार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो ।

व्यवसायीले व्यवसायमा अङ्कुश लगाउने गरी प्रहरीले दिएको समस्या विरुद्ध रिट दिएका थिए । देवीकुमारी बरालले दिएको रिटमा कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यस्तो आदेश दिएका हुन् ।

कानुन अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन आदेश जारी भएको उच्चले जनाएको छ । बरालले जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर रिट हालेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर