सुन्तला घाँटीमा अड्किएर गुल्मीमा बालकको मृत्यु

काठमाडौं । सुन्तलाको केस्रा अड्किएर गुल्मीमा तीन वर्षीय बालकको मृत्यु भएको छ । सुन्तलाको केस्रा अड्किएर मालिका गाउँपालिका–५ छापहिलेका आयुष ठकुरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएका थिए । हिजो दिउँसोको समयमा आमाछोरा घरको छतमा बसेर घाम ताप्दै सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा सुन्तलाको दुई वटा केस्रा अड्किएको थियो ।

सुन्तलाको केस्रा अड्किएर सास फेर्न गाह्रो भएपछि आयुषलाई उपचारका लागि गुल्मी अस्पताल लगेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर