नेप्से परिसूचक ११.२७ अंकले घट्यो

काठमाडौं । नेप्से परिसूचक आज भने ११.२७ अंकले घटेको छ । आज नेप्से परिसूचक १८९६.६७ विन्दुमा रोकिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । आइतबार दुई अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा आज एक अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

पछिल्ला तीन कारोबार दिनमा नेप्से ८७ अंकभन्दा बढीले वृद्धि भएको थियो । तर, आज भने नेप्से घटेर बन्द भएको हो ।

आज अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अभियान लघुवित्तको सेयर मूल्य ७.७२ प्रतिशत वृद्धि भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ७७ रुपैयाँ घटेर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर