काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटाएको हो। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार निगले इन्धनको मूल्य घटाएको हो। घटेको मूल्य गयराति १ बजेदेखि लागू भएको निगमले जनाएको छ।
आईओसीले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढाएर पठाएपनि निगमले भने मूल्य नबढाई यथावत राखेको हो। मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ रहेको छ।