जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि सुरु

काठमाडौं । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि सुरु गरेको छ।

पार्टीको साङ्गठनिक काम कारबाहीलाई अगाडि बढाउन, सङ्गठन विस्तार गरी सशक्त सङ्गठन निर्माणका लागि आजदेखि आगामी वैशाख ३० गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो।

पार्टीका प्रवक्ता डा सरदसिंह यादवका अनुसार मङ्सिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन, माघ १५ देखि फागुन १५ गतेसम्म सबै पालिका अधिवेशन पूरा गर्नुपर्ने छ।

फागुन २० गतेसम्म सबै वडा र पालिकाको प्रक्रिया पुर्‍याई गरिएको अधिवेशनको आधिकारिक माइन्युट तयार गर्ने, चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख ३० गते प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर