व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर पार्दैन: गृहमन्त्री श्रेष्ठ

चितवन। गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर नपार्ने बताएका छन्। चितवनको भरतपुरमा पत्रकारसँग उनले गणतन्त्रमा विरोध गरेपनि अहिले आएको विरोधले व्यवस्थामा चुनौती नआउने बताएका हुन्। गृहमन्त्री श्रेष्ठले गणतन्त्रलाई नै असर गर्ने गरी विरोध भएमा सरकारले त्यही समयमा निर्णय लिने प्रतिक्रिया दिए।

टिकटक बन्द गरेका विषयमा जनताले स्वागत गरेको पाइएको भन्दै उनले अन्य सामाजिक सञ्जाल बन्द नगर्ने तर नियमन गर्दै लैजाने बताए। ‘हामी समाजलाई व्यवस्थित पार्दै लैजाने छौं, अराजकतालाई भने नियन्त्रण हुनेछ,’ संघीयता खारेजीका विषयमा आवाज उठेको छ भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्रीले श्रेष्ठले भने, ‘संघीयता ल्याउन हुँदैन भन्ने पहिला पनि थियो अहिले पनि छ। यसलाई हामीले ठूलो रूपमा लिएका छैनौं। जनताको आवश्यकता र चाहनालाई भने सम्बोधन गर्नु पर्दछ भन्नेमा हामी जिम्मेवार छौ।’

जनताको आवश्यकतालाई मध्यनजर गरेर काम गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। उनले भने, ‘राजा आउँ देश बचाउ भनेर नारा लगाउनेलाई नै राजा आउँछन् भन्ने विश्वास छैन, त्यसैले अव देशमा राजा आउँछन् भन्ने सोच्नु दिवा स्वप्न हो। इतिहास फर्केर आउँदैन अगाडि बढेको व्यवस्था अगाडि जान्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर