रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौं । रुपन्देहीमा स्कुल बसको ठक्करबाट आज बिहान दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुन छन् । वर्ष २१ कै अप्सरा खातुन घाइते भएको र उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर भट्टले जानकारी दिए ।

डीएसपी भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त हताहत भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर