सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं। सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ। छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ।शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आइतबार भने एकै दिन १८ सय रुपैयाँले बढेको हो।

यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय