काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टोन भिल्लासँग साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ। गएराती भएको खेलमा एस्टोन भिल्लासँग सिटी १–० गोल पराजित हुनपुग्यो। भिल्लाको जिता ७४ मिनेटमा बेलीले गेरको गोल नै निर्णयक बन्यो।
गएराति नै भएको खेलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग २ –१ गोलले पराजित भयो। यस्तै नटिंघम फरेस्टसँगको खेलमा फुलहमले सानदार जित निकाल्यो। फुलहमले नटिंघमलाई ५–० गोल अन्तरले पराजित गर्यो ।
यस्तै, अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई र बर्नमाउथले क्रिस्टल प्यालेसलाई समान २–० गोल अन्तरले हराए।

