आज अत्यधिक चिसो महसुस, दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । आज काठमाडौं उपत्यकामा बिहानदेखि नै मौसम धुम्मिएको छ। दिउँसोे बेला बेला घाम झुल्किए पनि आज मौसम धुम्म भइरहने र पानी भने नपर्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

उनका अनुसार मौसम धुम्म हुँदा खासै चिसो बढ्दैन्। मौसमविद् नगरकोटीका अनुसार बेलुकीबाट भने मौसम खुल्दै जाने छ। मौसम सफा हुँदै गएपछि भोलिदेखि थप चिसो बढ्ने मौसमविद् नगरकोटीले बताइन्।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम १९ देखी २१ सम्म पुग्ने पूर्वानुमान गरिएको छ।

आज कोशी प्रदेशको एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ भने अन्य भू–भागको मौसम आज सामान्यतया सफा नै रहने छ।

प्रतिक्रिया

सम्बन्धित खवर