नेप्से परिसूचक आज दोहोरो अंकले बढेर बन्द

काठमाडौं । आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर साताको कारोबार बन्द भएको छ। नेप्से ११.७३ अंकले बढेर एक हजार आठ सय ५२.७७ बिन्दुमा कायम भएको छ।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.४५ प्रतिशतले बढेको छ। आज फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि सामान्य अंकले बढेका छन्।

बिहीबार कारोबारमा आएकामध्ये एक सय ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ। नेप्सेका १३ मध्ये व्यापारबाहेक सबै उपसमूहको सूचकमा समेत वृद्धि देखिएको छ।

बिहीबार व्यापार उपसमूह ०.५० प्रतिशतले घट्दा निर्जीवन बिमा उपसमूह सर्वाधिक २.११ प्रतिशतले बढेको छ। हाइड्रोपावर उपसमूह १.०३ प्रतिशतले बढेको छ भने बाँकी उपसमूहहरूमा पनि एक प्रतिशतभन्दा कमको वृद्धि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर