हप्ताको अन्तिम दिन आज पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । हप्ताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज स्थिरता कायम हुँदै प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय