एनसेल प्रकरणमा राजनीतिक नेतृत्वकै साँठगाँठ रहेको कांग्रेस महामन्त्री थापाको आरोप

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेल प्रकरणमा राजनीतिक नेतृत्वकै ठूलो साँठगाँठ रहेको आरोप लगाएका छन् ।

आज बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद थापाले एनसेलको सन्दर्भमा अहिले आएका कुरा रातारात नभएको भन्दै राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ रहेको बताएका हुन् ।

राजनीतिक साँठगाँठ तथा भरथेग नभइकन प्रकरण सम्भव नभएको थापाले दाबी गर्नुभयो। उनले भने ‘एनसेलको सन्दर्भमा जे कुराहरु भएको छ यो अहिले रातारात भएको होइन। यसमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग र ठूलो भरोसा नभइकन यो प्रकरण भएको छैन।’

उनले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समितिमाथि राज्य व्यवस्था समितिले नजिकबाट नियाल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर