इराकको एक भवनमा आगलागी हुँदा  १४ जनाको मृत्यु

बगदाद। इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान शहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु र १८ जना घाइते भएका छन्।

सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, ‘सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन्। त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलियो।’

प्रारम्भिक अनुसन्धानबाट विद्युतीय सर्ट हुँदा आगो लागेको अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ। सिभिल डिफेन्स टिम र दमकलहरूले आगो निभाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय