लगातार घटेको सुन आज पनि ओरालो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नृपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजसहित लगातार तेस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको हो । महासङ्घले आज तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम थियो ।

यो साताको आइतबार समेत सुनको मूल्य घटेको थियो । शुक्रबारको तुलनामा आइतबार एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबारमा आएको महासङ्घले जनाएको छ । सुनको मूल्य लगातार तेस्रो दिन घटे पनि चाँदीको मूल्य भने स्थिर कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम छ । हिजो समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय