काठमाडौं । शेयर बजारमा आज (बुधबार) झिनो अंकले हरियो मात्रै बनेको छ। दिनभर उतार चढावकाबीच नेप्से २.६ अंकले बढ्दै १९ सय ८८ विन्दुमा पुगेको छ।
मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि खुम्चिएको छ मंगलबार ४ अर्ब २९ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब ९० करोडमा सिमित भएको हो।
बुधबार बोटलर्स नेपाल लिमिटेडको शेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा सोनापुर मिनरल एण्ड आयल कम्पनीको सर्वाधिक कारोबार भयो।होटल तथा पर्यटन, जीवन बिमा, निर्जिबन बिमा समूहमा १ प्रतिशत बढीले ओरालो लाग्दा व्यापार समूह सामान्य अंकले घटेको छ।
अरु समूह सामान्य अंकले बढेको बजारमा १ सय ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय वटा कम्पनीको मूल्य घटेको छ। बुधबार २ सय ९२ कम्पनीको १ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ।

