चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरुको पालना नगर्दा नागरिकहरु निराश भए: तिमिल्सिना

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलले चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरुको पूर्ण पालना नगर्दा नागरिकहरु निराश भएको बताएका छन्।

आज बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्। अध्यक्ष तिमिल्सिनाले बोलेको कुरा पूरा नहुँदा समाजमा समस्या पैदा भएको बताए।

उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमँ हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने बताए। अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकिसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिइ कामकारबाही गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर