पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताए । आज शुक्रबार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको पार्टीको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताए । उनले नेपाल मुलतः पहाडी देश भएपनि यसको उचित सदुपयोग गर्न नसकेको बताए ।

अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकीकरण, वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको बताए। उनले उत्पादनका लागि प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएक छन् ।

अध्यक्ष ओलीले देशलाई समृद्ध र सुखी बनाउन नेकपा एमालेले प्रयत्न र प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर