काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो ।
यस दिन एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ४।.४० अंकले बढेर ३८१.०७ विन्दुमा पुगेको छ । १३ मध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । तीन उपसमूहको समूहगत सूचक घटेको छ ।
११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

