सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड तत्काल दिने

काठमाडौं । सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ ।

आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपन्छी विकासमन्त्री डा।बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिव लगायत उपस्थित रहेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवलाई निर्देशितसमेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर