काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सोमबार ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिजो आइतबार पाँच अर्ब १५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज नेप्से ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा रोकिएको छ । ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । तीन कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०।३३ प्रतिशतले घटेको छ ।

