साताको अन्तिम दिन आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा आठ सय रुपैयाँले बढेको हो ।

हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय