निषेधको राजनीतिले मुलुक अघि बढ्न सक्दैँन: देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन्। बेँसीसहरमा शुक्रबार उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताएका हुन्।

उनले सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको बताए। शिक्षा नै देश विकासको आधार रहेको बताउँदै महासचिव गुरुङले भने, ‘शिक्षाको विकासका लागि नाल्मावासीले गरेको पहल, प्रयास धेरै प्रशंसनीय रहेको छ।’

गण्डकी प्रदेशसभाका सदस्य तथा नेपाली काँग्रेस लमजुङका निवर्तमान अध्यक्ष भेषबहादुर पौडेलले नाल्मावासीको विकासका लागि सधैँ आफू साथमा रहने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर