काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताएका छन् । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगत्तै आईतवारसञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले यो दाबी गरेका हुन्।
अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्यूह, भ्रष्टाचार र कमिसनतन्त्रलाई निरन्तरता दिन नसकिने बताए । उनले मुलुकमा सुशासन दिने शासक चाहिने बताए।
ओलीले भने, ‘वास्तवमा यही सरकारबाट, यही कार्यशैलीबाट, यही तारिकाबाट, यही कुशासनको चक्रव्यूह भित्र, यही भ्रष्टाचार र कमिसनतन्त्रका बीचमा विकासको सपना देख्न सकिदैन। र हामीले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता सधैँ हुन्छ भन्ने होइन। सुशासन चाहिन्छ। सुशासन दिने शासक चाहिन्छ। त्यसपछि वास्तवमा खास देशको विकास हुन्छ।’
अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताए।

