अहिले गणतन्त्रलाई कमजोर पार्ने कुरा आइरहेको छ, त्यसलाई निस्तेज पार्नुपर्छ: शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनिती गर्ने बताएका छन् ।

‘सन्त नेता’को छवि बनाएका भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले भट्टराईको विषयमा जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने बताए ।

‘उहाँको विषयमा खोजीनिती हुनुपर्छ । किताब राम्रोसँग लेख्नुपर्छ । हामी पार्टीबाट यसमा लाग्ने छौँ,’ उनले भने ।

यस्तै भट्टराईको पथमा हिँड्न सकेमात्र कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन सक्ने देउवाको भनाइ थियो । भट्टराईको पथमा हिँडे वर्तमान राजनीतिक व्यवस्था पनि बलियो बन्ने देउवाले बताए ।

देउवाले गणतन्त्र कमजोर पार्ने कुरा भइरहेको भन्दै निस्तेज पार्नुपर्ने बताए । ‘अहिले गणतन्त्रलाई कमजोर पार्ने कुरा आइरहेको छ । त्यसलाई निस्तेज पार्नुपर्छ । यो व्यवस्थाका लागि भट्टराईको पनि योगदान छ, ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर