काठमाडौं । यहि पुस १६ गतेदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । सो राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न थालिएपछि १६ गतेबाट दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो ।
सुरुङ मार्ग निर्माण गर्नुपर्ने भएकोले पुस १६ गतेबाट राजमार्ग दैनिक ६ घण्टा बन्द गर्न थालिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।
सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जनाइएको छ । तर अत्यावश्यक सवारी साधनलाई भने कुनै रोक नलगाइएको काफ्लेले बताए ।

