जंगली जनावरको आक्रमणबाट घाँस काट्न गएका सासूबुहारीको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीमा जंगली जनावरको आक्रमणबाट सासूबुहारीको मृत्यु भएको छ।

विनयीत्रिवेणी गाउँपालिका–१ मा सासूबुहारीको मृत्यु भएको छ। हिजो दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएको सूचनाको आधारमा खोजतलास गर्दा आइतबार राति दुई जना महिलाको शव फेला परेको हो।

कम्बरमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। स्थानीयले भने बाघको आक्रमणबाट दुवै जनाको मृत्यु भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर