काठमाडौँ । ‘तक्मे बुढा’ भनेर चिनिएका कलाकार विल्सन विक्रम राईले अब फिल्म निर्देशन गर्ने भएका छन् । ‘लाहुरे एण्ड दाउरे’ नामक फिल्मबाट उनी निर्देशनमा देखिन लागेका हुन् ।
फिल्मको मुख्य भूमिकामा दयाहाङ राईलाई अनुबन्धित गर्दै उनले फिल्म घोषणा गरेका हुन् । फिल्म उनकै कम्पनी तक्मे प्रोडक्सनको प्रस्तुतीमा बन्न लागेको हो । फिल्मको मुख्य भूमिकामा बुद्धि तामाङसमेत रहने बताइन्छ ।
फिल्मका लागि अभिनेत्री र अन्य कलाकारहरु भने टुंगो लाग्न बाँकी छ ।