एजेन्सी । इरानले गाजा शरणार्थी शिविरमा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ताले सोमवार मध्य गाजाको अल–मगाजी शरणार्थी शिविरमा इजरायली आक्रमणको निन्दा गरेका हुन् । आइतबार भएको आक्रमणबाट ७० जना प्यालेस्टाइनीहरुको मृत्यु भएको छ ।
कनानीले इजरायलले प्यालेस्टिनीहरूको निरन्तर हत्यालाई रोक्नको लागि व्यावहारिक र निवारक कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।
गाजामा तत्काल र निर्वाध मानवीय पहुँचको माग गर्दै शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा पारित प्रस्तावमा टिप्पणी गर्दा प्रवक्ताले यसले फेरि एक पटक इजरायललाई अमेरिकाको पूर्ण समर्थन देखाएको स्पष्ट भएको बताए।