काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् । आज मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको बताए ।
उनले आफू मन्त्री भइसकेपछि एक महिनामा ई–टिकेटिङ लागु गरेको र अहिले दुर्गम क्षेत्रहरूमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताए ।
उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताए । हवाई उडान हुन नसकेको २२ वटा खाली एयरपोर्टहरूमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको बताए ।

