काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा घाइते एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जुम्ला घर भइ भक्तपुरमा बस्दै आएका २३ वर्षीय सुजन राउत रहेका छन्। उनको किष्ट मेडिकल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रमुख अमिष पाठकले जानकारी दिए।
अचेत अवस्थामा रहेका राउतलाई १२ बजेर ४० मिनेटमा अस्पताल पुर्याएकोमा १ बजेर १७ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका उनले बताए। उनका अनुसार राउतको छातीमा रातो–निलो डाम रहेको थियो।
शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए ।

