अपडेट: बालकुमारीमा घाइते अर्का युवाको पनि मृत्यु, ५० जना बढी पक्राउ

काठमाडौँ । ललितपुरको बालकुमारी घटनामा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । ईपीएस परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीका प्रवक्ता कुवेर कडायतले आन्दोलनको क्रममा उनीहरु घाइते भएको र उपचारका क्रममा मृत्यु भएको बताए । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए । सो घटनामा ५० जना भन्दा बढी पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर