काठमाडौँ । नेपाली कांग्रेसले ललितपुरको बालकुमारी घटनामा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठकले उच्चस्तरीय छानबिन समिति गठनको निर्णय गरिएको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
उच्चस्तरिय न्यायिक छानविन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानूनी कार्वाही गर्ने बैठकले माग गरेको छ । रोजगारीकै लागि विदेश जाने प्रक्रिया सम्बन्धी विवादवाट उत्पन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका कम्तीमा एकजना सदस्यलाई स्वदेशमै उचित रोजगारी प्रदान गर्ने कांग्रेले भनेको छ ।
मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन र घाइतेको निःशुल्क उपचार गर्ने पनि बैठकले माग गरेको छ ।

