रवि लाछिानेले गरे सरकारको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गई कमाएर परिवार पाल्छु भन्ने युवाहरुको हत्या गृह प्रशासनले गरेको भन्दै सरकारको विरोध गरेका छन्। सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका बालकुमारीमा दुईजना युवाले ज्यान गुमाउनु परेको जिकिर गरे। उनले सरकारले दुई युवाहरुको हत्या गरेको पनि बताए।

भुसको थुप्रोमुनि हराएको सियो र गृहमन्त्री र समुन्द्रमा हराएको टाइटनिक भेटिए पनि सरकार र गृहमन्त्रीमा नैतिकता नभेटिने टिप्पणी गरे। उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले झुटो बोलेको कुराबारे के हुन्छ? भन्दै प्रश्न गरे।

उनले भने, ‘तपाई नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, विदेशमा गई कमाएर परिवार पाल्छु, भन्ने आशा बाकेर गएका युवाको हत्या गर्नुभयो। गोली कहिले चल्यो भन्नेकुरा स्पष्ट हुनुहुन्न अहिलेसम्म। भुसको थुप्रोमुनि हराएको सियो भेटिएला, समुन्द्रमा हराएको टाइटनिक भेटिएला तर तपाईहरुमा नैतिकता भेटिँदैन।’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिनाकारण प्रहरी अधिकारीहरुलाई सरुवा गर्नु, प्रकरणमा मुसिएकाहरुलाई बयान नै नलिनुले गृहमन्त्री राजनीतिक संरक्षणमा रहेको पुष्टि भएको जिकिर गरे।

प्रतिक्रिया

सम्बन्धित खवर