पक्राउ परेका जनमत पार्टीका नेताकार्यकर्ता छुटे

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैँ महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाएका छन् ।

उक्त पार्टीले सोमबार आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’को र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्‍यालीमा सहभागी नेता कार्यकर्ता गिरफ्तार भएका थिए ।

अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत ५२ नेताकार्यकर्तालाई उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले महेन्द्र पुलिस क्लब पुगेर छुटाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर