गठबन्धन कुनै हालतमा नटुट्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालको अहिलेको गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन्। कांग्रेसले आयोजना गरेको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मा उनले देशको रक्षा र सुशासनका लागि गठबन्धन जोगाएरै अघि बढ्नुको विकल्प नभएको बताएका हुन्।

राष्ट्रिय सहमति बनाएर जाऊँ भनेर आफूले मुख्‍य राजनीतिक नियुक्तिका पदहरूमध्ये राष्ट्रपति पद कांग्रेसलाई दिऊँ भन्ने प्रस्ताव राखेको पनि उनले बताए।

कांग्रेसलाई बाहिर राखेर लोकतन्त्र सहज तरिकाले अघि जाँदैन भनेर आफूले गठबन्धन गरेर सहकार्य गरेको जिकिर गरे।

प्रतिक्रिया

सम्बन्धित खवर