काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकाअनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।
यस्तै तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

