काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा एमालेलाई शून्य नबनाइदिन आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमाले अध्यक्ष ओलीले राष्ट्रियसभामा आफूहरूलाई शून्य नबनाउन आग्रह गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
यसमा गठबन्धन दल सहमत भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले एमालेबाट स्पष्ट कुरा आइनसकेको बताए । गठबन्धनको अर्को बैठक भोलि बिहान ९ बजेका लागि बोलाइएको छ ।

