काठमाडौं जिल्ला अदालतबाट एकजना थुनुवा भागे

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट एकजना थुनुवा फरार भएका छन् । महाराजगञ्ज प्रहरीले पक्राउ गरेका विमल खड्का अदालतबाट फरार भएका हुन् ।

उनलाई म्याद थपका लागि बुधबार अदालत पुर्‍याइएको थियो । सोही क्रममा उनी भागेको खुलेको हो ।

फरार खड्काको खोजीको लागि प्रहरी सादा पोसाकको प्रहरी टोली खटिएको छ । उनी विभिन्न ठाउँमा डलर देखाएर लुटपाट गर्ने गिरोहका आरोपित भएको प्रहरी स्रोतले बतायो ।

खड्का हतकडीसहित भागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर