सुनचाँदीको भाउ आज घट्यो

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो।

महासङ्घका अनुसार बिहीबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घका अनुसार बुधबार छापावाल सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय