नेप्से परिसूचक आज ८.७१ अंकले घट्यो

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ८.७१ अंकले घटेको छ । यससँगै नेप्से २०४९.२८ विन्दुमा पुगेको छ । आज बिहीबार पाँच अर्ब ५८ करोड ११ लाख रुपैयाँमा एक करोड ६० लाख ५२ हजार १०१ सेयरको किनबेच भएको छ ।

१३ वटा उपसमूहको समूहगत सूचकमध्ये चार वटा हाइड्रो, इन्भेस्टमेन्ट, म्यच्युअल फन्ड र व्यापारको सूचक मात्रै बढेको छ ।

साताको अन्तिम कारोबार दिन ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर